अनमोल र साम्राज्ञीले पाए ‘पपुलर अवार्ड’

काठमाडौंः अभिनेता अनमोल केसी र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले यस वर्षको पपुलर अवार्ड जितेका छन् ।

जापानमा आयोजित ‘सूर्य इन्टरनेसनल अवार्ड–२०१९’ मा अनमोलले चलचित्र क्याप्टेनबाट र कायराबाट साम्राज्ञीले यो अवार्ड जितेका हुन् ।

यस्तै सहअभिनेता अवार्ड चलचित्र चंगा चेटबाट बुद्धि तामाङले प्राप्त गर्दा सहअभिनेत्रीको अवार्ड चलचित्र गोपीबाट वर्षा राउतलाई प्रदान गरियो।

सूर्य कर्पोरेसनको आयोजनामा भएको कार्यक्रममा विभिन्न १२ विधामा अवार्ड प्रदान गरिएको हो।

कमेन्ट गर्नुहोस्