काठमाडौंः बैंकबाट १९ लाख बढी चोरी गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको जनाएको छ ।
जनता बैंकको बानेश्वर शाखामा खाता रहेका गोपालमान राज बाहकको खाताको पैसा नक्कली चेक बनाएर १९ लाख ९९ हजार रुपैयाँ निकालेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काभ्रे पाँचखाल घर भई हाल कालिमाटी बस्ने सुभाष श्रेष्ठ, कुमार तामाङ, मनिष घिमिरे, अन्जन बराल, बाग्लुङ गलकोटकी बुद्धनगर बस्ने सुमन पौडेल र सिन्धुपाल्चोक साविक ज्यामिरे–९ घर भई हाल सुविधानगर बस्ने गोविन्द घिमिरे रहेका छन् । उनीहरूले पटक पटक गरी खाताबाट पैसा निकालेका थिए।
काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले पक्राउ परेका छ जनाबाट १८ लाख रुपैयाँ बरामद भएको जानकारी दिए । यसमा बैंकका कर्मचारीको पनि मिलेमतो हुन सक्ने उनले बताए ।
उनीहरूमाथि थप अनुसन्धान गर्न उच्च अदालत पाटनबाट सात दिनको म्याद थपिएको छ ।