आज कतिमा हुँदैछ सुनको कारोबार ?

काठमाडौः बुधबार सुनको मूल्य स्थिर देखिएको छ । आज मंगलबारको मूल्यमा नै सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ७१ हजार दुई सय रुपैयाँ तोकिएको थियो । बुधबार पनि सोही मूल्यमा सुन किन्न सकिने बताइएको छ । मंगलबार तेजावी सुन पनि  ७० हजार नौं सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तर, चाँदीको मुल्य भने तोलामा ५ रुपैयाँले बढेको छ । मंगलबारले प्रतितोला आठ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज भने आठ सय ५५ रुपैयाँमा पुगेको छ ।

कमेन्ट गर्नुहोस्