सागः नेपाल पुरुष भलिबलमा बंगलादेशसँग पराजित

काठमाडौः १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुषतर्फको भलिबल खेलमा नेपाल बंगलादेशसँग ३–२ को सेटमा पराजित भएको छ । राखेप कभर्ड हलमा बुधबार भएको समूहको पहिलो खेलमा नेपाल बंगलादेशसँग २५–२१, २३–२५, २५–१९, २५–२६, १२–१५ ले पराजित भयो ।

नेपालले अब समूह चरणको अन्तिम खेलमा भारतसँग शुक्रबार खेल्नेछ । सेमिफाइनलमा पुग्न नेपाललाई भारतविरुद्धको खेल जित्नै पर्नेछ । पुरुष भलिबलमा नेपाल समूह ‘ए’ मा छ । समूहमा नेपालसँगै भारत र बंगलादेश छन् । समूह ‘बी’ मा पाकिस्तान, श्रीलंका र माल्दिभ्स रहेका छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

कमेन्ट गर्नुहोस्