घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौंः बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य बिहीबार प्रतितोला २ सयले घट्दै ७१ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तेजाबी सुनको मूल्य पनि घटेको छ । आज प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घट्दै ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्