‘टेस्ट राइड’ पछि मोटरसाइकल गायब…

काठमाडौंः कुनै पनि ग्राहक मोटरसाइकल किन्न आउँदा अवस्था कस्तो छ भनेर ‘टेस्ट राइड’ गर्ने चलन हुन्छ । व्यवसायीले पनि बिक्रीको चाहना राखेर सजिलै ‘टेस्ट राइड’ गर्न दिन्छन् । होस र्पुयाइएन भने परीक्षणका गर्न लगिएको मोटरसाइकल चोरी हुने सम्भावना उत्तिकै छ ।

काठमाडौंमा यसैगरी टेस्ट राइड गर्दा मोटरसाइकल नै गायब भएको छ । मोटरसाइकल धनी मिलन सुब्बाले ६ लाख ५० हजार रुपैयाँ पर्ने एउटा मोटरसाइकल बिक्रीमा छ भनेर हाम्रो बजार डटकममा राखेका थिए । त्यो देखेपछि काभ्रेका अञ्जन बराल खोज्दैखोज्दै सुकेधारा पुगे ।

याे पनि पढ्नुस  मोटरसाइकलमा १ जना मात्र चढ्न पाइने

बरालले किन्नु अगाडि ‘टेस्ट राइड’ गर्ने भनेपछि सुब्बाले सहजै हुन्छ भने । टेस्ट राइडमा गएको व्यक्ति निकै समय नआएपछि उनलाई मोटरसाइकल चोरी भएको आशङ्का भयो र तत्कालै महानगरीय प्रहरी परिसर काठमाडांैमा खबर गरे ।

प्रहरीले मोटरसाइकल खोजी जारी राखेकै बेला आइतबार जनता बैंकका एक खातावालाको नक्कली हस्ताक्षर गरेर चेकमार्फत झण्डै २० लाख रुपैयाँ चोरी भएको सूचना आएपछि त्यसको अनुसन्धानमा प्रहरी खटियो ।

याे पनि पढ्नुस  दाजुभाई मिलेर आफ्नै मोटरसाईकल जलाए

पैसा चोरी गर्नेलाई पक्राउ गर्ने क्रममा त्यो मोटरसाइकल फेला परेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले बताए । बैंकमा लुटपाट गर्ने र मोटरसाइकल चोरीमा अञ्जन सक्रिय देखिएको उनले बताए । उसले यसअघि पनि टेस्ट राइडकै नाममा पटक–पटक मोटरसाइकल चोरी गरेको फेला परेको छ ।

याे पनि पढ्नुस  मोटरसाइकल दुर्घटनामा मृत्यु

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यस्ता घटना बेला–बेलामा देखिएको र नयाँ मोटरसाइकल हराउने गरेको जनाएको छ । बुधबारमात्रै भेटिएका १७ मोटरसाइकलमा केही नयाँ मोटरसाइकलसमेत थियो ।

महाशाखाका प्रहरी उपरीक्षक रवि पौडेलले साउनदेखि अहिलेसम्म एक सय १८ मोटरसाइकल फेला पारेर धनीलाई बुझाइएको बताए ।

कमेन्ट गर्नुहोस्