नेपाल पत्रकार महासंघ यूएई शाखाको पाँचौँ अधिवेशन सम्पन्न, अध्यक्षमा खनाल निर्वाचित

यूएईः नेपाल पत्रकार महासंघ यूएई शाखाको पाँचौँ अधिवेशन शुक्रबार दुबईमा सम्पन्न भएको छ ।

महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशनले लक्ष्मण खनालको नेतृत्वमा ७ सदस्यीय नयाँ कार्यसमिती सर्बसम्मत पारित गरेको छ ।

अधिवेशनले अध्यक्षमा लक्ष्मण खनाल उपाध्यक्षमा मेघराज सापकोटा, सचिवमा मोहन बस्याल,सहसचिबमा राम ढुङेल र कोषाध्यक्षमा माधव न्यौपाने लाई चयन गरेको छ ।

यस्तै सदस्यहरुमा हरि दुलाल, खिमलाल पाण्डे, राम कुमार परियार र पृथ्वी छक बुढा रहेका छन् । राष्ट्रिय परिषद् सदस्यमा निमेश गिरी, निर्बिरोध निर्वाचित भएका हुन् ।

कार्यक्रममा महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यले नवनिर्वाचित समिति लाई सुभकामना दिँदै शाखामा आबद्ध पत्रकारले अझै सक्रिय रूपमा कलम चलाउँदै अगाडि बढ्ने आशा लिएको बताएका छन् । ‘महासंघमा आबद्ध सदस्यहरुलाइ आइपर्ने समस्या हरुमा सस्थाको साथ र सहयोग सधै रहने छ । सम्बन्धित देशको नीति नियम अन्तर्गत रहेर नेपाली समाजको बारेमा ढुक्क भएर लेख्नुस्’ अध्यक्ष आचार्यले आग्रह गरे ।

कमेन्ट गर्नुहोस्