साग पुरुष भलिबलः भारतविरुद्ध जित्नै पर्ने दबाबमा नेपाल

काठमाडौंः १३औ दक्षिण एसियाली खेलकुद (साग) पुरुष भबिलको दोस्रो खेलमा नेपालले आज बलियो टोली भारतसँग खेल्दैछ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा साँझ ५ः०० बजे सुरु हुने खेलमा नेपाललाई जित्नै पर्ने दबाब छ ।

पहिलो खेलमा बंगलादेशसँग ३–२ को सेटमा पराजित भएको नेपाललाई सेमिफाइनलमा पुग्न भारतलाई हराउनु पर्ने बाध्यता छ । नेपालले बंगलादेशसँग अन्तिम सेटमा हार खेपेको थियो ।

याे पनि पढ्नुस  फाइनलमा भारत नै बाधक, नेपाल ७–० ले पराजित

भारत नेपालका लागि बलियो प्रतिद्वन्द्वी हो । पुरुष भबिलमा नेपालले भारतलाई हराउन सकिरहेको छैन । एसियाकै बलियो टोली भारतसँग सागअघि नेपालले मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपाल सोझो सेटमा पराजित भएको थियो । त्यसैले आजको खेल नेपाललाई गर या मरको अवस्था छ । भारतलाई हराउन नेपाललाई त्यति सजिलो छैन ।

याे पनि पढ्नुस  साग महिला भलिबल फाइनलः तेस्रो सेटमा भारतविरुद्ध नेपालको जित

भारतले बंगलादेशलाई सोझो सेटमा हराएर सेमिफाइनलमा पुगिसकेको छ । नेपालका लागि बंगलादेशसँगको हार निकै महंगो भएको थियो । सोही हारसँगै पुरुष भबिलमा नेपालको पदक सम्भावना कमजोर बनेको हो ।

पुरुष भबिलमा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा भारत र बंगलादेश छन् । समूह ‘बी’ मा पाकिस्तान, श्रीलंका र माल्दिभ्स छन् । आजै साँझ ७ः०० बजे श्रीलंका र माल्दिभ्स पनि भिड्दैछन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

कमेन्ट गर्नुहोस्