प्रधानमन्त्री ओली खतरामुक्त तर अझै एक साता अस्पतालमै रहने

काठमाडौंः चिकित्सकहरुले प्रधानमन्त्री केपी शर्मा ओली खतरामुक्त रहेको बताएका छन् । शुक्रबार उपचारमा संलग्न चिकित्सकहरुले पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन् ।

तर, ओली अझै कम्तीमा एक साता अस्पतालमै रहने चिकित्सकहरूले बताए । प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भइरहेको र उनी खतरामुक्त रहेको निजी चिकित्सक डा. दिब्या सिंह शाहले बताइन् ।

प्रधानमन्त्री ओलीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो । प्रधानमन्त्री ओलीलाई अहिले पनि सेन्टरको सघन उपचार कक्ष(आइसियू)मा राखिएको छ ।

प्रधानमन्त्री ओलीको करिब १२ वर्ष अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री ओलीको पुनः मिर्गौला प्रत्यारोपण गर्नेर/गर्ने निर्णय लिन अझै बाँकी रहेको छ ।

कमेन्ट गर्नुहोस्