ओलीलाई मिर्गाैला दिने २ जना तयार, कहिले हुन्छ प्रत्यारोपण ?

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला प्रत्यारोपणका लागि मिर्गौला दिन दुई तयार भएका छन् । प्रधानमन्त्रीकी निजी चिकित्सक डा.दिव्या सिंह शाहका अनुसार मिर्गाैला दिन तयार ओलीका आफन्त हुन् ।

मसिंर १४ गते हुन लागेको उपनिर्वाचन लगतै मिर्गाैला प्रत्यारोपण गर्ने तयारी गरिए पनि मंगलबार शल्यक्रिया गरिँदा ढिला हुने भएको छ । एपेन्डिसाइटिसको शल्यक्रिया भएका कारण घाउ निको हुन ढिला हुने भएकाले मिर्गाैला प्रत्यारोण धकेलिएको डा. शाहले बताइन् ।

नेपालमै मिर्गौला प्रत्यारोपण गर्नेबारे चिकित्सकले छलफल अगाडि बढाएका छन् । दुवै मिर्गाैला फेल भएपछि २०६४ ओलीलाई भाइबुहारी अञ्जना घिमिरेले मिर्गाैला दिएकी थिइन् ।

कमेन्ट गर्नुहोस्