वडाध्यक्षको चुनाव हारेपछि रोजगारीमा गएका बोहराको मलेसियामा मृत्यु

काठमाडौंः स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट बझाङ छबिस पाथीभेरा गाउँपालिका–७ का उम्मेद्वार रमेश बोहराको मृत्यु भएको छ ।

निर्वाचनमा पराजयपछि वैदेशिक रोजगारीका लागि मलेसिया भएका बोहराको बिहीबार राति मृत्यु भएको उनका आफन्तले जानकारी दिएका छन् ।

मृतकका आफन्तका अनुसार, बिहीबार राति खाना खाएर सुतेका बोहरा शुक्रबार बिहान ओछ्यानमा मृत फेला परेका हुन् । उनको मृत्यु शंकास्पद रहेको आफन्तको भनाई छ ।

घटनाबारे अनुसन्धान सुरु भएको त्यहाँको प्रहरीलाई उदृत गर्दै त्यहाँ रहेका नेपालीले जानकारी दिएका छन् ।

उनको शव पोष्टमार्टमका लागि अस्पताल लगिएको छ ।

कमेन्ट गर्नुहोस्