राष्ट्रपति विद्यादेवी भण्डारी विवाह पञ्चमीमा, जन्तीलाई सम्मान

जनकपुरधामः जनकपुरधाममा जारी रहेको श्री सीताराम विवाहपञ्चमी महामहोत्सवको चौँथो दिनको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी भएर जन्तिलाई आज स्नागत तथा सम्मानित गरेकी छन् ।

जनकपुरधामको बाह्र विघा रङ्गभूमि मैदानमा आयोजना गएिको भव्य समारोहका बीच राष्ट्रपति भण्डारीले भारतको अयोध्यावाट आएको जन्तिका संयोजन तथा अगुवाई गर्नेहरु दिगम्बर अखडाका वैष्णव दास, विश्वहिन्दू परिषदका मन्त्री राजेन्द्र सिंह पंकज, कन्हैयादास जी महाराज, विश्व हिन्दू परिषदका महामन्त्री मिलेन्द्र पाण्डे, भैयादास जी महाराज, कथावाचिका माधवी विजय लक्ष्मी, रामभुषण दासलाई दोसल्ला ओढाएर सम्मान गरेकी छन् ।

राष्ट्रपतिले सो अवसरमा मिथिला नाट्यकला परिषदले प्रदर्शन गरेको गितीनाटक जानकी लिलाको अबलोकन गरिन् ।

उक्त कार्यक्रममा बोल्दै भूमिव्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्मा अर्यालले विश्वका हिन्दूहरुका लागि अराध्य देवको रुपमा रहेका भगवान राम तथा देवी सीताको चरित्र आज पनि मानव समुदायका लागि शिक्षाको ठूलो श्रोत भएको बताइन् ।

याे पनि पढ्नुस  नेकपाले छान्यो ७ जना प्रदेश प्रमुख (नामसहित)

उनले जनकपुरधामलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि यस्ता प्रकारको सांस्कृति महामहोत्सवको ठूलो महत्व भएको बताउदै जनकपुरधाम सहित तराई मधेशको विकासका लागि वर्तमान सरकार दृढ भएको बताइन् ।

मन्त्री अर्यालले वर्तमान सरकारले लिएको समृद्ध नेपाल तथा सुखी नेपालीको लक्ष्य पुरा गर्नका लागि पर्यटन क्षेत्रको विकास आवश्यक रहेको बताउदै जनकपुरधामको विकासका लागि सवै प्रकारको सहयोग गर्नका लागि संघीय सरकार दृढ भएको बताइन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री युगेश भट्टराईले विवाहपञ्चमी महामहोत्सवले दुई देशको सम्बन्धलाई दर्शाउने महत्वपूर्ण पर्वको रुपमा रहेको बताउदै हाम्रो सम्बन्ध निष्कलंक तथा हार्दिकताको सम्बन्ध हुनु पर्ने धारणा राखे ।

याे पनि पढ्नुस  राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत

उनले यस्ता प्रकारको कार्यक्रमले हाम्रा बीचमा भएको असमझदारी र समस्याको समाधान कुटनीतिक तथा हार्दिकताको साथ समाधान गर्नु पर्ने धारणा पनि राखे ।

पर्यटनमन्त्री भट्टराईले नेपालमा जारी रहेको पर्यटन वर्ष २०२० लाई नेपाल सरकारले उत्सवको रुपमा मनाउन लागेकाले नेपालको भ्रमणमा अधिक संख्यामा आउनका लागि भारतीय जन्तिहरुलाई आग्रह गर्दै जनकपुर–पोखरा हवाई सेवा चाडैँ शुरु गर्ने पनि बताए ।

कार्यक्रममा प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले यस महामहोत्सवले नेपाल भारत बीचको त्रेतायुगिन सम्बन्धलाई दर्शाउने कामकाज गरेको बताउदै यसलाई पर्यटन क्षेत्रसंग जोडेर विकास गर्ने पक्षमा प्रदेश सरकार भएको बताए ।

प्रदेश नंं २ का भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले मनुष्य जीवनलाई सफल बनाउनका लागि राम तथा माता सीताको चरित्रलाई स्मरण गरेर हरेकले आफ्नो जीवनमा उतार्नु पर्ने शन्देश दिनका लागि महोत्सवले झकझकाउने कामकाज गरेको बताए ।

याे पनि पढ्नुस  राष्ट्रपति भण्डारीले दिइन् अस्ताउँदो सूर्यलाई अर्घ्य

कार्यक्रममा नेपालका लागि भारतका राजदूत मजिव सिंह पुरीले नेपाल–भारत बीचको सम्बन्ध त्रेतायूग देखि नै प्रगाढ रहेको बताउदै अहिले पनि जनता र प्रकृतिले जोड्ने कामकाज गर्दै आएको बताए ।

जानकी मंन्दिरका महन्थ रामतपेश्वर दासको अध्यक्षतामा भएको सो कार्यक्रममा भारतको अयोध्यावाट आएको जन्तिको तर्फवाट राजा दशरथको भूमिकामा आएका कन्हैया दास, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह तथा जानकी मंन्दिरका उत्तराधिकारी महन्थ तथा श्रीसीताराम विवाहपञ्चमी महामहोत्सव मूल समितिका अध्यक्ष रामरोशन दास वैष्णले पनि बोलेका थिए ।

कमेन्ट गर्नुहोस्