मृगौला पीडित कोपिलालाई जापानबाट पनि सहयोग, ‘इन्द्रेणी’कार्यक्रम मार्फत हस्तान्तरण

काठमाडौंः बझाङ ज्याबन समाज काठमाडौंका अध्यक्ष करन गुर्धामीको अनुरोधमा सुदूरपश्चिम समाज जापानका उपाध्यक्ष दलबहादुर धामीको पहलबाट संकलन भएको रकम मृगौला पीडित कोपिला धामीलाई हस्तान्तरण गरिएको छ ।

जापानमा रहेको सुदूपश्चिम समाजले १० हजार ४ सय २३, दलबहादुर धामीले १० हजार, खेम पोख्रेल, प्रमोद गौतम, डिल्लीप्रसाद पौडेल र गिता कडेँलले संयुक्तरुपमा १० हजार रुपैयाँ सहयोग गरेका थिए ।

उक्त ३० हजार ४ सय २३ रुपैयाँ बझाङ ज्याबन समाज काठमाडौंका अध्यक्ष करन गुर्धामी लगायत समाजका अन्य पदाधिकारीको उपस्थिततिमा बिहीबार ‘इन्द्रेणी’ कार्यक्रम सञ्चालक कृष्ण कडेँल मार्फत मृगौला पीडित धामीलाई हस्तान्तरण गरिएको छ । रकम हस्तान्तरणपछि मृगौला पीडित धामीले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् ।

उपचारका लागि अझैं पनि खर्च आवश्यक पर्ने भएकाले सहयोग गर्न उनले सबैलाई आग्रहसमेत गरिन् ।

आर्थिक सहयोग हस्तान्तरण पछि बझाङ ज्याबन समाज काठमाडौंका अध्यक्ष करन गुर्धामीले कोपिल बचाऊ अभियाननै सञ्चालन गरेर आर्थिक संकलन गरिरहेको बताए । उनले यो अभियानलाई साथ दिने व्यक्ति दिनुहँ बढ्दै गएको र कोपिलाको उपचारका लागि सहयोग अझैं आर्थिक सहयोग जुट्ने अपेक्षा गरे ।

अध्यक्ष गुर्धामीले स्वदेश तथा विदेशबाट कोपिलालाई आर्थिक सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिएका छन् । आउँदा दिनमा कोपिलालाई आर्थिक सहयोग जुटाउँन लागि पर्नेसमेत उनले बताए ।

‘प्रबासी ज्याबन समाज बैंग्लोर भारत’द्वारा पनि कोपिलालाई ३ लाख ८८ हजार सहयोग
लाई

बझाङको बुंगल नगरपालिका–२ की मृगौला पीडित कोपिला धामीलाई आर्थिक सहयोग जुट्ने क्रममा जारी रहेको छ । आर्थिक अभावका कारण सहयोगको याचना गरिरहेकी कोपिलालाई देश तथा विदेशमा रहेका नेपालीले सहयोग गरिरहेका छन् । ‘कोपिला धामी बचाऊ अभियान’ नै सञ्चालन गरेर स्वदेश तथा विदेशबाट आर्थिक संकलन भइरहेको छ ।

यसैबीच बिहीबार ‘बझाङ ज्यावन युवा समाज काठमाडौं’को बिशेष सल्लाह तथा अनुरोधमा रोजगारीका लागि भारतमा गएका प्रवासी नेपालीहरुले संकलन गरेकाे रकम मृगौला पीडित धामीलाई हस्तान्तरण गरिएको छ ।

‘प्रवासी ज्याबन समाज भारत बैंग्लोर’को पहलमा संकलन भएको ३ लाख ८८ हजार रुपैयाँ काठमाडौं स्थित एबीसी न्यूजबाट प्रसारण हुने ‘इन्द्रेणी’ कार्यक्रम सञ्चालक कृष्ण कडेँलमार्फत हस्तान्तरण गरिएको हो ।

दुवै मृगौला फेल भएर लामो समयदेखि अस्पतालमै रहेकी धामीका लागि भन्दै भारतको बैंग्लोरबाट प्रवासी ज्याबन समाजका अध्यक्ष गंगलाल धामीको पहलमा २० हजार १ सय २५ भारु, ज्याबन समाजका सदस्य मकरबहादुर धामीको पहलमा १३ हजार ५ सय ६९ भारु, समाजकै सदस्य दिपक धामीको पहलमा १९ हजार २ सय भारु, भारतको बैंग्लोरमा बस्दै आएका समाजसेवी दिपेन्द्र पुजाराको पहलमा १७ हजार ८६ भारु, बोहरा स्पोर्ट क्लब खाेरी प्रवास बैंग्लोरको पहलमा १४ हजार ५ सय भारु संकलन भएको थियो ।

यस्तै कोपिला धामी बचाऊ अभियानका लागि लाङा गोसाई यूवा क्लब न्वाघर प्रवास बैंग्लोरको पहलमा १२ हजार ७ सय भारु, प्रवासी ज्याबन समाज बैंग्लोरका सदस्य डब्ब सिंह धामीको पहलमा ७ हजार ९ सय ५६ भारु, प्रवासी ज्याबन समाजका प्रमुख सल्लाहकार आभाष धामीको पहलमा ३ हजार ६ सय ३३, समाजकै सदस्य पदमबहादुर धामीको पहलमा १२ हजार ३ सय ५५, प्रवासी ज्याबन समाजका कोषाध्यक्ष मकर बहादुर जाग्रीको पहलमा ३८ हजार ५ सय, सजका सदस्य वकिल धामीको पहलमा  ९ हजार ६ सय ५०, समाजकै सदस्य मनोजबहादुर जाग्रीको पहलमा ३१ हजार २ सय ४३, समाजका उपकोषाध्यक्ष दिपक धामीको पहलमा १७ हजार ९ सय ५० भारु रकम उठेको थियो ।

यस्तै प्रवासी ज्याबन समाजका सचिव लोकेन्द्र गुर्धामी र सदस्य मानबहादुर धामीको पहलमा १६ हजार ६ सय ६ र समाजका सदस्य गगन धामीको पहलमा १७ हजार ७ सय ६२ भारु मृगौला पीडित कोपिला धामीको लागि संकलन भएको थियो । उक्त रकम ज्याबन यूवा समाज काठमाडौंका अध्यक्ष करन गुर्धामी, पत्रकार लोकेश धामी, मृगौला पीडित कोपिलाका श्रीमान् बीरबहादुर धामीको उपस्थितिमा हस्तान्तरण गरिएको छ ।

रकम हस्तान्तणपछि मृगौला पीडित धामीले आर्थिक सहयोग गर्ने देश तथा विदेशमा बस्ने सबै नेपालीलाई धन्यवाद दिइन् । अहिलेसम्म उपचारका लागि १७ लाखसम्म रकम संकलन भएको कोपिलाका श्रीमान् बीरबहादुर धामीले बताए । उनले कोपिलाको मृगौला प्रत्यारोपणका लागि अझैं १७–१८ लाख आवश्यक परेकाले सहयोग गर्न अपिल गरेका छन् । मृगौला पीडित कोपिला धामीलाई आर्थिक सहयोग गर्नका लागि उनकै मोबाइल नम्बर ९८६५९७२८२७ मा फोन गरेर बुझ्न सक्नु हुनेछ ।

‘प्रवासी ज्याबन समाज बैंग्लोर’को पहलमा मृगौला पीडित कोपिला धामीलाई सहयोग गर्ने व्यक्तिहरु

 

कमेन्ट गर्नुहोस्