प्रधानमन्त्री ओली भेट्न अध्यक्ष प्रचण्ड अस्पतालमा

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलका अनुसार प्रधानमन्त्री ओली र प्रचण्डबीच झण्डै पाँच मिनेट कुराकानीसमेत भएको छ । प्रचण्डसँगको भेटमा ओलीले आफ्नो स्वास्थ्य अवस्था राम्रो भएको बताए ।

नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बारेमा चिकित्सकसँग पनि जानकारी लिएका छन् । चिकित्सकहरुले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा उल्लेखनीय सुधार भैरहेको जानकारी गराए । प्रधानमन्त्रीलाई अझै केहीदिन अस्पतालमै राखिने जानकारी प्रचण्डलाई गराइएको छ ।

प्रधानमन्त्री ओली एपेन्डिसाइटिसको अपरेशनपछि महारागंजस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा रहेका छन् ।

प्रधानमन्त्री ओलीको गत मंगलबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डा। रमेशसिंह भण्डारीको टोलीले एपेन्डिसाइटिसको अपरेसन गरेका थिए ।

कमेन्ट गर्नुहोस्