साग उद्घाटनको भव्य तयारी

काठमाडौंः १३ औँ दक्षिण एसियाली खेलकुदको सम्पूर्ण तयारी लगभग पूरा भएको छ । सो तयारी स्वरुप उद्घाटन सत्रमा प्रस्तुत हुने विभिन्न झाँकीको तयारी प्रदर्शन शुक्रबार दसरथ रङ्गशालमा भयो ।

दक्षिण एसियाली खेलकुदको कुम्भ मेला साग औपचारिक रूपमा आइतबारबाट सुरु हुँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ । साँझ ५ बजे सुरु हुने उद्घाटन समारोह तीन घन्टा ४० मिनेटसम्म चल्ने १३औँ सागका लागि गठित समारोह समितिले जनाएको छ । स्वास्थ्यमा सुधार आए उद्घाटन समारोहमा प्रधानमन्त्री केपी ओलीले पनि सम्बोधन गर्नेछन् ।

उद्घाटन समारोहका लागि दशरथ रंगशालामा विशेष साजसज्जा हुँदै छ । दक्षिण एसियाका सात राष्ट्र नेपाल, भारत, भुटान, पाकिस्तान, श्रीलंका, बंगलादेश र माल्दिभ्सले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको उद्घाटन समारोहमा नेपाली कला–संस्कृति झल्कने झाँकी प्रस्तुत हुनेछन् । यसका लागि विभागीय टोली सशस्त्र प्रहरीका हजारभन्दा बढी कलाकारले तयारी गरिरहेका छन् । कलाकारहरूले सहभागी देशका खेलाडी र पदाधिकारीको स्वागतमा सम्बन्धित देशकै गीतमा नृत्य पनि गर्नेछन् ।

याे पनि पढ्नुस  सागको समापनमा प्रधानमन्त्रीले भिडियो कन्फेरेन्सबाट नेपाली र अंग्रेजी भाषामा सम्बोधन गर्ने

प्रत्येक देशका खेलाडी तथा पदाधिकारीले आफ्नो झन्डासहित मार्चपास्ट गर्नेछन् । मार्चपास्टमा नेपालको झन्डा बोक्ने खेलाडीको नाम भने तय हुन बाँकी छ । नेपाली टोलीका सेफ द मिसन पीताम्बर तिम्सिना नेतृत्वको समितिले मार्चपास्टमा झन्डा बोक्ने खेलाडी तय गर्नेछ । भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान पारस खड्कालगायत खेलाडीमध्येबाट एकजना छनोट हुनेछन् ।

याे पनि पढ्नुस  आज सागको समापन, जोर नम्बरका सवारीमात्र चल्न पाउने

उद्घाटन समारोहलाई आकर्षित बनाउन अतीसबाजी पनि गरिनेछ । समारोह समितिले शुक्रबार उद्घाटन समारोहको ‘ग्रान्ड रिहर्सल’ गरेको छ । सागका २८ मध्ये आठ खेल पोखरामा हुनेछ भने कुस्ती जनकपुरमा हुनेछ । अन्य खेल काठमाडौं र ललितपुरमा हुनेछन् । उद्घाटन काठमाडौंमा मात्रै हुने भए पनि पोखरामा सांस्कृतिक कार्यक्रम भने आयोजना गरिनेछ ।

२४ मंसिरसम्म चल्ने प्रतियोगितामा सात देशका खेलाडी, पदाधिकारी र प्राविधिक गरी ६ हजार पाँच सयले सहभागिता जनाउनेछन् । त्यसमध्ये तीन हजार खेलाडी, एक हजार अफिसियल, दुई हजार दुई सय ७० रेफ्री, जज र जुरी रहनेछन् । त्यसबाहेक विशिष्ट पाहुना पनि सहभागी हुने नेपाली टोलीका डेपुटी सेफ द मिसन रिम रानाभाटले जानकारी दिए । २८ खेलमा तीन सय १६ स्वर्णसहित एक हजार एक सय ११ पदकका लागि प्रतिस्पर्धा हुने सागमा नेपालबाट ६ सय ९४ खेलाडी दर्ता गरिएको छ ।

याे पनि पढ्नुस  सागः आज सेमिफाइनलमा नेपाल र श्रीलंका खेल्दै

सागको सुरक्षामा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको कमान्डमा साढे १९ हजार सुरक्षाकर्मी खटाइएको छ ।

सवारी साधनमा जोर–बिजोर नियम
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १३औँ सागको उद्घाटन र समापन समारोहको अवसरमा सवारीसाधनको चाप व्यवस्थापन गर्न जोर–बिजोर नियम लागू गरेको छ । सागको उद्घाटन र समापनका दिन जोर–बिजोर नियम लागू गरिएको हो । उद्घाटनका दिन आइतबार बिजोर र समापनका दिन२४ मंसिरमा जोर नम्बर प्लेटका सवारीसाधन मात्रै चलाउने पाइनेछ ।

कमेन्ट गर्नुहोस्