काे–को पुगे ‘भ्वाइस अफ नेपाल’को फाइनलमा?

काठमाडौंः ‘द भ्वाइस अफ नेपाल’को फाइनलमा पुग्ने ४ प्रतिस्पर्धीको टुंगो लागेको छ । शुक्रबार मेचु धिमाल, सञ्जय महत, गिता शर्मा र याकिं याल्मो बाहिरिएसँगै फाइनलमा पुग्ने ४ प्रतिस्पर्धीको टुंगो लागेको हो ।

यो संस्करणको ‘भ्वाइस अफ नेपाल’को फाइनलमा राम लिम्बु, सनिष श्रेष्ठ, विकास लिम्बु र आरिफ रौफ पुगेका छन् ।

याे पनि पढ्नुस  राम लिम्बु बने दोस्रो ‘भ्वाइस अफ नेपाल’

आउँदो शनिवार हुने ‘ग्राण्ड फिनाले’मार्फत् यी ४ मध्ये एक जना विजेता छानिने छन् । यो संस्करणको भ्वाइस अफ नेपाल हिमालयन टेलिभिजनबाट प्रसारण भइरहेको छ ।

कमेन्ट गर्नुहोस्