बिश्वचर्चित फोर्ब्स पत्रिकामा नेपाली युवा राजन थपलिया

विजय थापा, डिसीः न्यूयोर्क निबासी चर्चित युवा लेखक तथा तथ्यांक वैज्ञानिक राजन थपलियाले बिश्व चर्चित फोर्ब्स मिडिया म्याग्जिन (पत्रिका) मा लेखन सुरु गरेका छन् । फोर्ब्स सञ्चारघर (मिडिया) को मध्य पूर्व अन्तर्गत उनको लेखहरु प्रकाशित भएका छन् ।

हालसम्म उनको दुई ओटा लेख प्रकाशित भएका छन् । भर्खरै पत्रिका (म्याग्जिन)को बिचार खण्ड (सेक्सन) मा कसरी आफ्नो लक्ष्य हासिल गर्नमा बढी केन्द्रित हुने भन्ने बिषय लेख प्रकाशित भएको छ ।

याे पनि पढ्नुस  न्यूयोर्कमा निषेधाज्ञा हट्यो, जनजीवन सहजतातर्फ उन्मूख

साथै यस अघि उनको ‘एक सफल मालिक हुन चहिने पाँच गुणहरू’ बिषयमा लेख प्रकाशित भएको थियो । उनका आगामी लेखहरु सबै व्यापार, नेतृत्व र जीवन शैलीमा आधारित हुने छन् ।

थपलियाको आगामी लेख बिधुतिय (अनलाईन) बाट पैसा कमाउने पाँच तरीका छिट्टै प्रकाशित हुँदैछ । अब हरेक हप्ता फोर्ब्समा उनको लेख प्रकाशित हुने थपलियाले बताए ।

याे पनि पढ्नुस  न्यूयोर्कमा जातिय छुवाछूत र रंगभेदी भेदभावको विरूद्धमा नेपाली समुदायद्वारा प्रदर्शन

बिश्वका डलर अर्बपति (बिलिनीयर) को क्लब (अड्डा) को रुपमा चिनिएको बिश्वको शीर्ष स्थानमा ब्यापारिक ब्राण्ड (मार्का) फोर्ब्स म्याग्जिन (पत्रिका)मा अबसर पाउनु सजिलो कुरा होइन ।

यहाँ प्रकाशित हरेक लेखहरुले छुट्टै महत्व राख्छन् । यस अअघि हफिंगटन पोस्टमा उनका सयौ लोकप्रिय लेखहरु प्रकाशित भइसकेका छन् ।

याे पनि पढ्नुस  न्यूयोर्कमा १५ मेसम्म विद्यालय बन्द

केही बर्ष अअघि उनले आफ्नो किताब शत प्रतिशत जीवन सगरमाथाबाट बिमोचन गरेका थिए भने उनले लेखेका कविता नेपालको कक्षा ६ को अँग्रेजी पाठ्यक्रममा समेत राखिएको छ।

कमेन्ट गर्नुहोस्