लमजुङको सुन्दरबजार नगरपालिका–२ मा पनि नेकपाका उम्मेद्वार विजयी

काठमाडौंः लमजुङ सुन्दरबजार नगरपालिका–२ मा नेकपाका उमेदवार विजयी भएका छन् ।

वडा नम्बर २ को रिक्त वडाध्यक्ष पदमा शनिबार भएको उपनिर्वाचनमा नेकपाका उमेदवार नवीन श्रेष्ठ विजयी भएका छन् । उनले ९९३ मत ल्याए ।

प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार प्रकाश सेढाइँले ४८२ मत ल्याए । सोही निर्वाचनमा राप्रपाले १६ र स्वतन्त्र उमेदवारले १२ मत प्राप्त गरेका छन् । १० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

याे पनि पढ्नुस  नेकपाद्वारा उपनिर्वाचनका उम्मेदवारको टुंगो, कास्की–२ मा विद्या भट्टराई

यससँगै नेकपाले अहिलेसम्म निर्वाचन भएका ४३ वडामध्ये ४ स्थान जितेको छ ।

कमेन्ट गर्नुहोस्