साग महिला भलिबलः पहिलो सेटमा श्रीलंकाविरुद्ध नेपालको शानदार जित

काठमाडौंः नेपाली महिला भलिबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलको सेमिफाइनलमा नेपालले श्रीलंकालाई २५–१४ को सोझो सेटमा पराजित गरेको छ ।

नेपाल र श्रीलंकाबीचको दोस्रो सेमिफाइनल त्रिपुरेश्वर स्थित राखेप कभर्डहलमा भइरहेको छ ।

नेपाल समूह ‘ए’ उपविजेता तथा श्रीलंका समूह ‘बी’ को विजेताका रुपमा सेमिफाइनलमा प्रतिस्पर्धा गरेको हुन् । यस खेलको विजेताले स्वर्ण पदकको लागि भारतसँग प्रतिस्पर्धा गने छ ।

भारतले पहिलो सेमिफाइनलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको छ । आजको पराजित हुने टोलीले कास्यका लागि माल्दिभ्ससँग प्रतिस्पर्धा गर्ने छ ।

कमेन्ट गर्नुहोस्