काठमाडौंः काठमाडौंमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलको सेमिफाइनलमा श्रीलंकालाई हराउँदै नेपालले फाइनलमा स्थान बनाएकाे छ ।
नेपालले दोस्रो सेमिफाइनलमा श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएकाे हाे ।
नेपाली महिला टोली पहिलो पटक सागको फाइनलमा प्रवेश गरेको हो । फाइनलसँगै नेपालले रजत पदक जित्ने पक्का पनि भएको छ । फाइनलमा नेपालले भारतको समाना गर्नेछ ।
यसपटक नेपाल घरेलु भूमिमा भएको प्रतियोगितामा फाइनलमा पुग्न सफल भयो । यसअघि नेपालले १९९९, २००६ र २०१६ मा कास्य जितेको थियो ।
नेपाल समूह ‘ए’ उपविजेता तथा श्रीलंका समूह ‘बी’ को विजेताका रुपमा सेमिफाइनलमा प्रतिस्पर्धा गरेका हुन् ।