डोटीको आर्दश गाउँपालिका–२ मा नेकपाका बोहरा विजयी

डोटी– डोटीको आर्दश गाउँपालिका–२ मा नेकपाका रामबहादुर बोहरा विजयी भएका छन्। उनी ६ सय ६८ ल्याएर विजयी भएका हुन। उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका महादेव साउँदले ६ सय ५६ मत प्राप्त गरेका छन्।

त्यस्तै राप्रपाका कासिराम ओझाले १५ र स्वतन्त्र उम्मेदवार भूमिसिहं खड्काले १ सय ९१ मत प्राप्त गरेका छन्। आज भएको मतदानमा १५९० मत खसेको मुख्य निर्वाचन अधिकृत दलबहादुर मलासी जानकारी दिए। जसमध्ये ६० मत बदर भएको उनले बताए ।

याे पनि पढ्नुस  उपनिर्वाचनका लागि २१ दल दर्ता

तत्कालीन वडाध्यक्ष प्रेमबहादुर बोहराको २०७५ जेठ १५ गते सवारी दुर्घटनामा परी मुत्यु भएपछि उक्त पद रिक्त रहेको थियो।

कमेन्ट गर्नुहोस्