भक्तपुर प्रदेशसभामा कांग्रेसका भँडेल २४७० मतले अघि

काठमाडौंः भक्तपुर–१ को प्रदेशसभाको उपचुनावमा नेकपा झण्डै २५ सय मतले पछि परेको छ । बिहान ७ बजेसम्मको मतगणनामा कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले २ हजार ४७० मतको अग्रता बनाएका हुन् । भँडेलले ८ हजार १०१ मत प्राप्त गरेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का देवीप्रसाद ढकाल (डीपी)ले ५ हजार ६३१ मत प्राप्त गरेका छन् । यो परिणाम चाँगुनारायण नगरपालिका–१ देखि ५ वडासम्मको मत गनिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

यसअघि यस प्रदेशसभाका नेकपाका हरिशरण लामिछाने निर्वाचित भएका थिए ।

उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टी(नेमकिपा) का निरज लवजूले १ हजार ९५३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का श्यामप्रसाद नेपालले २६९, साझा पार्टीका सुरज प्रधानले २३६ मत ल्याएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भिमबहादुर बिसीले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्