भक्तपुरमा काँग्रेसका भँडेलको आग्रता

काठमाडौंः भक्तपुर प्रदेशसभा सदस्य उपनिर्वाचनमा नेपाली काँग्रेसले अग्रता कायमै राखेको छ । बिहान ८ बजेसम्मको मतगणनाअनुसार नेपाली काँग्रेसका उमेदवार कृष्णलाल भँडेल २ हजार ४३६ मतले लिड गरिरहेका छन् । भँडेलले १० हजार ३९५ मत प्राप्त गरेका छन् । योसँगै उनी जितउन्मुख छन् । यसअघिको निर्वाचनमा कांग्रेसले ११ हजार मत पाएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का देवीप्रसाद (डिपी) ढकालले ७ हजार ९५९ मत प्राप्त गरेका छन् । यसअघि नेकपाले १६ हजार मतसहित विजयी भएको थियो । त्यसैगरी नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का निरज लवजूले २ हजार २४७ मत प्राप्त गरेका छन् ।

अहिलेसम्म चाँगुनारायण नगरपालिका वडा नम्बर १ देखि ७ सम्म मत गणना सकिएको छ । भक्तपुर नगरपालिकाको १० नम्बर वडा समेत रहेको यस प्रदेशसभामा नेमकिपाको पनि प्रभाव छ । भक्तपुर–१० मा नेमकिपाको भोट बढ्ने अनुमान गरिएको छ ।

५२ स्थानमा भएको उपनिर्वाचनमा सन्तोषजनक परिणाम ल्याइरहेको नेकपालाई भक्तपुरको परिणामले झट्का थिएको छ ।

कमेन्ट गर्नुहोस्