अमेरिकाको डकोटमा विमान दुर्घटना, ९ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको साउथ डकोटमा एक विमान दुर्घटना भएको छ । दुर्घटनामा परी दुई बालबालिका सहित नौजनाको मृत्यु भएको छ ।

विमान उडेको केही समयपछि नै दुर्घटना भएको ब्रुल काउन्टी स्टेट्स अटोर्नी टेरिजा माउले रोस्सोले एक वक्तव्य जारी गरेर बताइन् ।

विमानमा १२ जना सवार थिए । बाँचेका तीनजनालाई उपचारका लागि सिउक्स फल्स लगिएको छ ।
जाडोमा भिजिबिलिटी डाउन भएपछि मध्याह्नभन्दा केही अगाडि दुर्घटना भएको फेडरल एभिएसन एडमिनिस्ट्रेसनका प्रवक्ता लिन लन्सफोर्डले बताए ।

पिलाटस पीसी–१२ विमान आइडाहो फल्स रिजनल एयरपोर्ट जान लागेको लन्सफर्डले जानकारी दिए ।

साउथ डकोटामा हिउँ घन्टाको एक इन्चको दरले परिरहेको सिउक्स फल्सको नेसनल वेदर सर्भिसले जनायो ।

अधिकारीहरूले दुर्घटनाको अनुसन्धान गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्