किशोरीलाई गर्भवती बनाउने हजुरबा पक्राउ

काठमाडौंः ओखलढुंगाको मोलुङ गाउँपालिकामा १५ वर्षीया नातिनीलाई हजुरबाले बलात्कार गर्दा गर्भवती भएकी छन्।

१५ वर्षीया बालिकालाई बलात्कार गरेर गर्भवती बनाउने ५८ वर्षीय हजुरबालाई प्रहरीले केही दिनअघि पक्राउ गरेको छ।

बालिकाका अभिभावकले दिएको जाहेरीका आधारमा वृद्धलाई पक्राउ गरी अनुसन्धान थालिएको ओखलढुंगाका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए।

याे पनि पढ्नुस  आफ्नै छोरी बलात्कार गरेको आरोपमा एक पक्राउ

बृद्धले गएको साउनमा बालिकालाई घरमा कोही नभएको मौका छोपेर बलात्कार गरेका अनुसन्धानको क्रममा खुलेको छ।

बालिकाको पेट अस्वभाविक बढेपछि आफन्तले सोधपुछ गर्दा बालिका गर्भवती भएको खुलेको थियो।

बालिका २३ हप्ताकी गर्भवती रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र जिल्ला अस्पताल रुम्जाटारले जनाएको छ।

याे पनि पढ्नुस  छाेरीलाई १५ दिन थुनेर बलात्कार गर्नेसँग नै आमा भागेपछि...

बालिका सुस्त मनस्थितीकी छन्। गर्भपतनका लागि उनलाई प्रसुती गृह थापाथली रेफर गरिएको केन्द्रकी घटना व्यवस्थापक कुमारी तामाङले जानकारी दिइन्।

कमेन्ट गर्नुहोस्