घट्यो सुनचाँदीको मूल्य

काठमाडौंः नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।

आइतबार प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार २ सयले घटेर प्रतितोला ७१ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, सोमबार तेजावी सुनको मूल्य पनि घटेको छ । आइतबार प्रतितोला ७१ हजार ३ सयमा कारोबार भएको तेजावी सुन आज भने घटेर ७१ हजार १ सय पुगेको छ ।

आज चाँदीको भाऊ पनि घटेको छ । आइतबार ८ सय ५५ मा प्रतितोला कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर ८ सय ५० रुपियाँ कायम भएको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्