१३औँ सागः भारतीय खेलाडीलाई हराउँदै तेक्वान्दोका कमलले जिते स्वर्ण

काठमाडौंः १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुम्सेको २३ देखि २९ वर्षको उमेर समूह स्पर्धामा तेक्वान्दोका कमल श्रेष्ठले स्वर्ण जित्न सफल भएका छन् ।

कमलले भारतका राहुल जैनलाई पछि पार्दै स्वर्ण जित्न सफल भएका हुन् । उनले ८.२७० अंक ल्याउँदै स्वर्ण जितेका हुन् ।

याे पनि पढ्नुस  श्रीलंकालाई दोस्रो झड्का, पवनलाई पहिलो बलमै सफलता!

भारतका राहुलले ८.२०० अंक लिए । श्रीलंकाका निसासंकासे आसिंगेले कास्य जितेका छन् । उनले ८.०६० अंक प्राप्त गरे । तेक्वान्दोमा आज पहिलो दिन पुम्सेतर्फ १३ पदकको छिनोफानो हुनेछ ।  (फाइल फोटो)

कमेन्ट गर्नुहोस्