पत्रकार खेम भण्डारीले दिए न्यायाधीश आचार्यविरुद्ध न्याय परिषद्मा उजुरी

महेन्द्रनगरः कञ्चनपुरका पत्रकार खेम भण्डारीले जिल्ला अदालतका  न्यायाधीश डा.राजेन्द्रप्रसाद आचार्यविरुद्ध न्याय परिषद्मा उजुरी गरेका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै भण्डारीले आचार्यविरुद्ध इमेल र हुलाकमार्फत न्याय परिषदमा उजुरी गरेको जानकारी दिए ।

निर्मला हत्या प्रकरणमा अदालतको मानहानी गरेको भन्दै न्यायाधीस आचार्यले सजाय दिलाउनसमेत लायक नभएको भन्दै भण्डारीलाई ‘तुच्छ सजाय’ एक घण्टा जेल र एक रुपैयाँ जरिवाना सजाय सुनाएका थिए । भण्डारीले उक्त ‘तुच्छ सजाय’भोगेका थिए ।

याे पनि पढ्नुस  निर्मला हत्या प्रकरणः डिएनए परीक्षणमा त्रुटि भएको छानबिन समितिको ठहर

आचार्यले बदनियतपूर्ण तरिकाले मौलिक अधिकार हनन् गरेको, दण्डसंहितामैं व्यवस्था नभएको ‘तुच्छ सजाय’ को स्वेच्छाचारी अविस्कार गरेको, विपक्षीको भोजभतेर खाएर पुनरावेदनको नैसर्गिक अधिकारबाट बञ्चित गरेर कैद तथा जरिवाना भुक्तान गर्न बाध्य पारेको, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने गरी काम गरेको भण्डारीको आरोप छ ।

Posted by Khem Bhandari on Monday, December 2, 2019

कमेन्ट गर्नुहोस्