बोल्न र कुरा गर्न सक्ने अवस्थामा छुः प्रधानमन्त्री ओली (भिडियोसहित)

काठमाडौंः उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य राम्ररी सुधार भइरहेको बताएका छन् ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आईसीयू कक्षबाट भिडियो सन्देशमार्फत प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

उनले भनेका छन्, ‘मेरो स्वास्थ्य राम्ररी सुधार भइराख्या छ । एउटा मेजर अपरेशनपछि तपाईंहरु देखिरहनु भएको छ– मेजर अपरेशनपछि पनि म उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा छु र समाचारहरु हेर्न सक्ने अवस्थामा छु ।’

१३ औं सागको उद्घाटन समारोह पूरै हेरेको बताएका ओलीले मैत्रीपूर्ण खेलबाट देशको इज्जत अगाडि बढाउन र क्षेत्रीय मित्रता अगाडि बढाउन सबैलाई आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्