उपचुनावले नेकपालाई ‘सच्चिने की सक्कीने’ सन्देश दियो’: कांग्रेस

काठमाडौंः उपचुनावले नेकपालाई ‘आजै सच्चिने की भोलि सक्कीने’ सन्देश दिएको नेपाली कांग्रेसले बताएको छ ।

उपचुनावको सम्पूर्ण मतपरिणाम सार्वजनिकपछि प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘व्यापक प्रभाव राख्ने केहि सन्देशमूलक वडा, एक उपमहानगरपालिका नेतृत्व अनि एक प्रदेश क्षेत्रको परिणामले नेकपालाई ‘आजै सच्चिने की भोलि सक्कीने’ सन्देश दिएको छ ।’

उपचुनावले २१ महिनामा सरकारप्रति मतदाताको असन्तुष्टी बढेको पुष्टी भएको उनले बताए ।

‘बाग्लुङको प्रदेशसभा क्षेत्र जनमोर्चालाई छाड्नु परेको स्थिति र कठिनाईले प्राप्त विजय,’ कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कास्की र दाङमा वस्तुगत राजैतिक प्रभाव भन्दा सहानुभूतिमा मत संयोजन गर्नु परेको अवस्था । परिणाम हासिल नगरे पनि कांग्रेसले ती तीनै क्षेत्रमा मतान्तर घटाएको चित्र । सरकार सच्याउनकै लागि पढ्न जरुरी पाठ हुन नेकपाका लागि ।’

वर्तमान सरकार आफ्नो पार्टीलाई जिताउने ध्याउन्नमा मनोवैज्ञानिक, राजनैतिक र प्राविधिक बन्दोबस्तमा केन्द्रित देखिएकोसमेत आरोप लगाएको छ । अनेक प्रतिकूलताका बीच मतदाताले मत प्रदान गरेर नेपाली कांग्रेसलाई विगतमा भन्दा समग्रमा बढी मत दिनुलाई कांग्रेसले बितेको २१ महिनामा प्रस्तुत गरेको जिम्मेवार र शालिन प्रतिपक्षी भूमिकाको अनुमोदन गरेको रुपमा अथ्र्याएको छ ।

 

०७४ को तुलनामा नेपाली कांग्रेस र नेकपाका बीचको मतान्तर ०७६ मंसिर १४ मा आइपुग्दा घटेको उसले जानकारी दिएको छ । अगाडि भनिएको छ, ‘यसले एकातर्फ नेपाली कांग्रेसको सांगठनिक आत्मबलमा अभिवृद्धि गराएको छ भने अर्कोतर्फ आगामी निर्वाचनको लक्ष्य हासिल गर्ने दृढतामा अघि बढ्न उपनिर्वाचनको मैदानको झै ‘बाहिर गति र भित्र अन्तर्विश्वास’ बढाउन खुला सन्देश सिंगो पार्टी पंक्तिलाई प्राप्त भएको छ ।’

१६ मंसिर २०७६उपनिर्वाचन परिणाम पश्चात नेपाली कांग्रेसको पत्रकार सम्मेलनआदरणीय पत्रकार साथीहरू,उपनिर्वाचनको अन्तिम…

Posted by Nepali Congress on Monday, December 2, 2019

कमेन्ट गर्नुहोस्