सागः महिला भलिबल फाइनल खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस्ले गर्ने

काठमाडौंः १३ औं दक्षिण एशियाली खेलकुद अन्तर्गतको महिला भलिबलको फाइनल खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस्ले गर्ने भएको छ ।

महिला भलिबलको फाइनल खेल नेपाल र भारतबीच मंगलबार दिउँसो २ बजे हुँदैछ । दशरथ रंगशालाको कवर्डहलमा हुने फाइनल खेल नेपालकै पहिलो स्पोर्टस् च्यानल एक्शन स्पोर्टस् एचडीले प्रत्यक्ष प्रसारण गर्ने भएको हो ।

यस्तै, १९ मंसिरदेखी सुरु हुने बास्केटबल खेलको प्रत्यक्ष प्रसारण पनि एक्सन स्पोर्टस् एचीडमा हेर्न सकिनेछ ।

कमेन्ट गर्नुहोस्