जित्नेलाई माला लगाउने असल संस्कारलाई प्रोत्साहन गरौंः प्रमुख निर्वाचन आयुक्त

काठमाडौं– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा पराजित उम्मेदवारले विजयी हुनेलाई माला लगाउने संस्कारले निर्वाचन स्वच्छ, स्वतन्त्र र विश्वासनीय भएको सन्देश प्रवाह गरेको बताएका छन् ।

उपनिर्वाचनको सबै मतपरिणाम सार्वजनिक भएपछि कर्मचारीलाई धन्यवाद ज्ञापन गर्न आयोजित कार्यक्रममा उनले भने, ‘चुनावमा पराजित हुने पक्षले गौरवका साथ जित्नेलाई माला गराउने असल संस्कारलाई हामीले प्रोत्साहन र स्थापित गर्नुपर्छ ।’

यस्तो असल संस्कारले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष गराउन आयोगलाई थप हौसल्ला र योगदान पुग्ने उल्लेख गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले शून्यजस्तै खर्चमा सञ्चारमाध्यममा प्रचारप्रसार, कम खर्चमा मतदाता शिक्षा र तुलनात्मकरुपमा आचार संहिताको पालना गराउन सफलता मिलेको बताए ।

कमेन्ट गर्नुहोस्