१ हजार घुससहित ट्राफिक प्रहरी पक्राउ

जनकपुरधामः धनुषामा ट्राफिक प्रहरी सहायक निरीक्षक घुससहित पक्राउ परेका छन् ।

ट्राफिक प्रहरी सहायक निरीक्षक नविनकुमार झालाई महेन्द्रनगरबाट अख्तियारको टोलीले १ हजार घुससहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनी इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा कार्यरत थिए। मापदण्ड विपरित टिपर चलाएका एक चालकसँग १ हजार घुस लिएलगत्तै उनलाई पक्राउ गरिएको अख्तियारको कार्यालय बर्दिबासले जनाएको छ ।

अख्तियारको टोलीले पक्राउ परेका प्रहरी सहायक निरीक्षक झालाई आवश्यक कारवाहीका लागि बर्दिबास कार्यालय लगिएको छ ।

कमेन्ट गर्नुहोस्