१३औं सागः पहिलाे दिनमै को–काेले दिलाए नेपाललाई स्वर्ण? (नामसहित)

काठमाडौंः नेपालले १३ औँ दक्षिण एशियाली खेलकुद (साग) मा पहिलो दिनमै १५ स्वर्ण जितेको छ ।

नेपालमा कराँतेमा र तेक्वान्दोमा सात–सात वटा गरि कुल १४ स्वर्ण पदक जितेको छ ।

ट्रायथलनमा समेत ऐतिहासिक स्वर्ण पदक जितेको नेपालले स्वर्ण पदकको सङ्ख्या १५ पुर्‍याएको छ ।

काे–काेले जिते कराँतेमा स्वर्ण?

कराते (एकल काता)– मण्डेकाजी श्रेष्ठ

कराते (टिम काता, महिला)– मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर

कराते (टिम काता ,पुरुष)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की

कराते (५५ केजी)– लक्ष्मण तामाङ

कराते(८४ केजीमाथि)–विप्लवलाल श्रेष्ठ

कराते (४५ केजी मुनी)– कुसुम खड्का

कराते (५० केजी मूनि)– अनु अधिकारी

तेक्वान्दो पुम्से (२३–२९ वर्ष )– कमल श्रेष्ठ

तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु

तेक्वान्दो पुम्से (२३ –२९ वर्ष )– पार्वती गुरुङ

तेक्वान्दो पुम्से (२९ वर्ष माथि )– आयशा शाक्य

तेक्वान्दो पुम्से (२९ वर्ष माथि )– आयशा शाक्य र सञ्जिकुमार पाण्डे

पुम्से महिला टिम (१७–२३ वर्ष)– निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना

पुम्से महिला टिम (२३–२९ वर्ष)– निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई

ट्रायथलन– सोनी गुरुङ

रजत पदक

कराते (एकल काता)– चन्चला दनुवार

तेक्वान्दो पुम्से (१७-२३ वर्ष)– कृष्णबहादुर तामाङ

कराते (८४ केजी मूनि)– दिवस श्रेष्ठ

कास्य पदक

तेक्वान्दो पुम्से (१७–२३ वर्ष)– अस्मिन राउत र सिना मादेन लिम्बु

तेक्वान्दो पुम्से (२३–२९ वर्ष )– जितबहादुर बोट र पार्वती गुरुङ

ट्रायथोलन– बसन्त थारु

कमेन्ट गर्नुहोस्