डिभिजन प्रमुखसहित ४ जनाविरुद्ध अख्तियारद्वारा मुद्धा दायर

काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेक्काको बोलपत्र केरमेट गरी सच्याइ सरकारलाई गैरकानूनी हानी नोक्सानी गराएको आरोपमा ठेक्का लिने डिभिजन सडक कार्यालय जनकपुरका डिभिजन प्रमुख दिनेश अर्यालसहित ४ जनाविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ ।

आयोगले सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरको भन्दै डिभिजन सडक कार्यालय जनकपुरका तत्कालीन सिडिई अर्यालसहित लेखा अधिकृत जीवनाथ पोख्रेल, इन्जिनियर राजकुमार यादव र इन्जिनियर सन्जिवकुमार साह विरुद्ध आरोपपत्र दायर गरिएको जनाएको छ ।

ठेक्काको बोलपत्र मूल्याङ्कन समितिमा रही भैरव कन्स्ट्रक्सन कम्पनी प्रालि काठमाडौँले पेश गरेको बोलपत्रका दररेट अङ्क र अक्षरमा सच्याई १९ लाख ५० हजार ४ सय ४० रुपैयाँ थपेर सम्झौता गरेको अख्तियारले आरोप लगाएको छ ।

कमेन्ट गर्नुहोस्