पूर्वकप्तान खड्काले अञ्जलीलाई दिए बधाई

काठमाडौंः नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा विश्व कीर्तिमान बनाउन सफल नेपाली महिला क्रिकेट टिमकी बलर अञ्जली चन्दलाई बधाई दिएका छन्।

पारसले ट्विटरमार्फत अञ्जलीलाई बधाइ दिँदै भनेका छन्, ‘साग महिला क्रिकेटमा माल्दिभ्सविरुद्धको खेलमा विश्व कीर्तिमान बनाउन सफल भएकोमा अञ्जली चन्दलाई हार्दिक बधाई ।’ पारस यस्तै सफलतालाई निरन्तरता दिन पनि शुभकामना दिएका छन्।

१३औं सागअन्तर्गत आज पोखरामा माल्दिभ्सविरुद्धको खेलमा अञ्जलीले विश्व टि–२० क्रिकेटमा विश्व कीर्तिमान बनाएकी थिइन्।

उक्त खेलमा २.१ ओभर बल फ्याँकेकी उनले कुनै रन नदिइ माल्दिभ्सको ६ विकेट लिन सफल भएकी थिइन्। २.१ ओभर बलिङ गर्दा कुनै रन नदिई ६ विकेट लिएर उनले विश्व कीर्तिमान बनाएकी हुन्।

कमेन्ट गर्नुहोस्