भित्तामा नोट र बाउन्स चेक, ५ वटै लासको अन्तिम संस्कार गर्नु लेखेर आठौं तलाबाट हाम फालेपछि…

गाजियाबाद, भारतको उत्तर प्रदेशस्थित गाजियाबादमा आत्महत्याको अनौठो तर भावुक घटना सार्वजनिक भएको छ ।

दिल्लीसँग जोडिएको इन्दिरापुरम क्षेत्रमा आज बिहानै एकजना व्यापारीले आफ्ना दुई श्रीमतीसँगै आत्महत्या गरेका छन् ।

अपार्टमेन्टको आठौं तलबाट हाम फालेर आत्महत्या गर्नु अघि उनले दुई जना बच्चालाई घाँटी थिचेर मारेका थिए ।

याे पनि पढ्नुस  बलिउड अभिनेता सुशान्तसिंह राजपुतद्वारा आत्महत्या

त्यसपछि भित्तामा ५ सय का केही नोट र बाउन्स चेक टाँस्दै उनले आफ्ना दुई श्रीमतीसहित हाम फालेका थिए ।

प्रहरीले खानतलासी गर्दा कोठामा आत्महत्या नोट फेला परेको छ । उक्त बयानमा आर्थिक संकट परेको उल्लेख गर्दै भित्तामा टाँसिएका नोटले पाँच वटै लासको अन्तिम संस्कार गर्न अनुरोध समेत गरेका छन् ।

याे पनि पढ्नुस  हङकङमा नेपाली महिलाद्वारा हाम फालेर आत्महत्या

इन्दिरापुरमको वैभवखण्ड स्थित कृष्णा सफायर सोसाइटीमा बस्ने गुलसनले दुई श्रीमती परवीन र सन्जना तथा दुई बच्चासँगै डेढ महिना अघि भाडामा फ्ल्याट लिएका थिए । जिन्सको व्यापार गर्ने गुलसनका ११ वर्षका छोरा र र १२ वर्षकी छोरी रहेका थिए । कोठामा खरायो पनि मृत अवस्थामा पाइएको भाष्कर दैनिकले उल्लेख गरेको छ ।

कमेन्ट गर्नुहोस्