बंगलादेशविरुद्ध नेपाल १० विकेटले पराजित

काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बंगलादेश महिला क्रिकेट टिमसँग नेपाल १० विकेटले पराजित भएको छ । नेपालले दिएको ५१ रनको सामान्य लक्ष्य बंगलादेशले ७.४ ओभरमा बिनाविकेट पूरा गर्‍यो ।

उसका लागि आयशा रहमानले २६ रमुर्शिदा खातुनले नटआउट २३ रन बनाइन् । यअसघि टस हारेर ब्याटिङको मौका पाएको नेपाली महिला टिमले १९।२ ओभरमा सबै विकेट गुमाएर ५० रन मात्र बनाउन सक्यो ।

याे पनि पढ्नुस  सागः नेपाल पुरुष भलिबलमा बंगलादेशसँग पराजित

नेपालका लागि कप्तान रुबिना क्षेत्री बेल्वासले १३, सोनु खड्काले १२, इन्दु बर्माले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङमा बंगलादेशकी रबिया खानले ४ ओभरमा ८ रन दिएर ४ विकेट लिइन् ।

यस्तै जहानारा आलमले २, फहिमा खातुन, खादिजा उपकरण कुब्रा र नाहिदा अख्तरले एक–एक विकेट हात पारिन् ।

याे पनि पढ्नुस  यू–१९ एसिया कपः नेपाललाई तेस्रो सफलता, हरिले लिए विकेट

पहिलो खेलमा नेपालले माल्दिभ्सलाई १० विकेटको हराएको थियो ।

कमेन्ट गर्नुहोस्