सागमा नेपालको १०० स्वर्ण !

काठमाडौंः नेपालले दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्णमा शतक पदक जितेको छ । नेपालका लागि तेक्वान्दोका सक्षम कार्कीले १३ औं दक्षिण एसियाली खेलकुदको तेक्वान्दो विधा अन्तगर्त पुरुष ८७ किलो तौल समुहमा स्वर्ण पदक जिते ।

जितसँगै नेपालले दक्षिण एसियाली खेलकुद इतिहासमा स्वर्ण पदकको संख्या एक सय पुर्याएको छ । सक्षमले १३ औं सागमा नेपाललाई २९ स्वर्ण दिलाए ।

याे पनि पढ्नुस  कराँतेमा लक्ष्मण तामाङले दिलाए नेपाललाई स्वर्ण

१२ औं सागसम्म ७१ स्वर्ण जितेको नेपालले १३ औं सागमा ५० स्वर्ण जित्ने लक्ष्य लिएको छ । स्वर्णमा शतक पदक प्राप्त गर्न भने नेपाललाई २९ पदकको कमी थियो । सक्षमले पाकिस्तानका शाहलाई हराएर ऐतिहासिक पदक आफ्नो नाममा गराए ।

सन् १९८४ को पहिलो सागमा नेपालले चार स्वर्ण जितेको थियो ।

याे पनि पढ्नुस  सागः भलिबलमा नेपाललाई इतिहास रच्ने अवसर

कमेन्ट गर्नुहोस्