यी हुन् ‘मिस पूर्वाञ्चल’को १०औँ संस्करणका अन्तिम २१ प्रतिस्पर्धी

सुनसरीः धरान र पूर्वाञ्चलकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिताको रुपमा स्थापित नेपाल आईस ‘मिस पूर्वाञ्चल’को दसौँ संस्करणको अन्तिम प्रतिस्पर्धीको रुपमा २१ जना पूर्वको विभिन्न शहरका युवती छनोट भएका छन् ।

अनलाइन फर्म, धरान, इटहरी र बिराटनगरको बिभिन्न कलेजमा कलेज एक्टिभेशन र धरानमा गरिएको अडिशनबाट छानिएका युवतीलाई गत साता देखिको ग्रुमिग क्लास, फोटोग्राफी र मेकअप क्लासपछि अन्तिम प्रतिस्पर्धीको रुपमा छनोट गरिएको हो ।

धरानबाट अनुषा लिम्बु, अनुपमा बस्नेत, सुष्मिता बराईली, निभेदिता राजभण्डारी, स्वेता पोख्रेल, मोनालिषा राई, शशि बिसंखे, सिमरन प्रधान, सिमरन लिम्बु, रतुवामाई (इटहराबाट बिपना तामाङ) , उर्लाबारीबाट मिलिमा श्रेष्ठ, इटहरीबाट सुदिक्षा बिस्वकर्मा, निशा धिताल, अस्मिता लिम्बु, वर्षा श्रेष्ठ, प्रिजनी नेपाल, खोटाङगबाट एन्जल राई, पथरीबाट रिजु भट्टराई, रेजिना राई, धनकुटाबाट रेश्मा राई र अन्जु बूढाथोकी अन्तिम छनोटमा परेका हुन् ।

प्रिजनी ‘नेपाल मिस इटहरी आइकन–२०१९’ विजेता हुन् भने रिजु भट्टराई ‘मिस पथरी शनिस्चरे–२०१९’ र एन्जल ‘राई मिस राई–२०१९’ कि विजेता हुन् ।त्यस्तै अन्य सहभागी पनि मिस एसईई, मिस धनकुटा, मिस पथरी सनिस्चरेमा भाग लिएका र विभिन्न टाइटल जितेका छन् ।

कोरियोग्राफर तथा प्रशिक्षक र भर्खरै ‘मिस कस्मोपोलिटन वर्ल्ड–२०१९’ कि विजेता बनेकी प्रियारानी लामाले प्रतियोगीलाई ‘फिनाले’को लागि सम्पूर्ण प्रशिक्षण दिने छिन् ।

प्रतियोगिलाई इपिएस, व्यक्तित्व विकास, फेशन, र्‍याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास, लगायतका अन्य विभिन्न विषयमा सम्बन्धित क्षेत्रका विज्ञबाट प्रशिक्षण दिइने छ ।

सिजी ब्रुअरीको मुख्य प्रायोजन, बराह ग्रुपको प्रस्तुति, ओम शान्ति कम्पनी लिमिटेड सिओल कोरिया र डिभाइन वाइनकोको सह– प्रायोजनमा तथा सिल्भर इन्टर टेनमेन्टको आयोजनामा हुने नेपाल आईस मिस पूर्वाञ्चल २०१९ को अन्तिम प्रतिस्पर्धामा विजेताले मिस पूर्वाञ्चल–२०१९ को उपाधिसँगै २ लाख नगद र अध्ययनका लागि युएन कलेजको छात्रवृत्ति दिइने आयोजकले जनाएको छ । मिस पूर्वाञ्चलको ‘ग्राण्ड फिना’ले आउँदो पुष ५ गते शनिबार धरानमा आयोजना गरिने छ ।

त्यस्तै फस्ट र सेकेण्ड रनर अफलाई क्रमशः एक लाख नगद र ५० हजार नगद पुरस्कारसँगै छात्रवृत्तिको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ । त्यस्तै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस चार्मिङ, मिस व्यूटिफुल स्माइल, मिस पर्सनालिटी, मिस व्यूटिफुल कम्लेक्सन, मिस बेस्टवाक लगायतका विभिन्न विद्यामा समेत प्रतियोगीहरु १५ हजार नगद पुरस्कारको व्यबस्था गरिएको छ ।

मिस पूर्वाञ्चलको उपाधि यस अघि २०१० मा झापाकी सविना सुब्बा, २०११ मा सुनसरीकी प्रतिभा श्रेष्ठ र २०१२ मा सुनसरीकी अस्मिता गुरुङ, २०१३ मा सुनसरीकी नेहा बजाज, २०१४ मा मोरङकी नेमिता आङबुहाङ, २०१५ मा मोरङकै प्रियंका श्रेष्ठ, २०१६ मा झापाकी कृतिका गिरी, २०१७ मा सुनसरीकी रुबी लिम्बु र २०१८ मा झापाकी पुजा श्रेष्ठले जितेका थिए ।

कमेन्ट गर्नुहोस्