काठमाडौंः पौडीबाज गौरिका सिंहले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा पहिलो स्वर्ण पदक जितेकी छन् ।
बुधबार सातदोबाटोस्थित पौडी पोखरीमा भएको प्रतिस्पर्धामा उनले २०० मिटर फ्री स्टाइलमा स्वर्ण जितेकी हुन् । उनले निर्धारित दुरी २ मिनेट ५.०६ सेकेण्डमा पूरा गरिन् ।
यो उनको सँगै १३ औं सागमा नेपालकै पहिलो स्वर्ण हो । यसअघि १९९९ मा नेपालमै भएको आठौं सागमा नेपालले टिम इभेन्टमा स्वर्ण जितेको थियो । गौरिकाले २०१६ को सागमा रजत पदक जितेकी थिइन् ।