इंग्ल्याण्ड क्रिकेट टिमका पूर्वकप्तान विलिसको निधन

काठमाडौंः इंग्ल्याण्ड क्रिकेट टिमका पूर्वकप्तान तथा तिव्र गतिका बलर बब विलिसको निधन भएको छ ।

क्यान्सरबाट ग्रसित उनको ७० वर्षको उमेरमा बुधबार निधन भएको हो । बबले क्रिकेट करियरममा ९० टेस्ट म्याच खेलेका थिए ।

९० म्याचमा उनले ३२५ विकेट लिएका थिए । यस्तै बबले एकदिवसीय क्रिकेटमा ६४ खेलमा ८० विकेट लिएका थिए ।

उनले अन्तर्राष्ट्रिय क्रिकेट करियरको सुरुवात १९७१–०२ मा एशेज सिरिजबाट गरेका थिए ।

उनले आफ्नो पहिलो खेलमै शानदार बलिङ गर्दै सबैलाई आकर्षित गरेका थिए । बबले १९८४ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए ।

 

कमेन्ट गर्नुहोस्