साग महिला क्रिकेटः बंगलादेश फाइनलमा प्रवेश, नेपाल जित्नैपर्ने दवावमा

कास्कीः १३औं दक्षिण एशियाली खेकलुद (साग) मा बंगलादेश महिला क्रिकेटको फाइनल प्रवेश गरेको छ । मालदिभ्सलाई २ सय ४९ रनको फराकिलो अन्तरले पराजित गर्दै बंगलादेश फाइनलमा प्रवेश गरेको हो ।

बिहीबार पोखरा रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ्ग गरेको बंगलादेशले पूरा २० ओभर खेल्दै २ विकेटको क्षतिमा २५५ रनको विशाल योगफल तयार पारेको थियो । बंगलादेशका दुई खेलाडीले शतक प्रहार गरे । प्लेयर अफ द म्याच निगार सुल्तानले अविजित १ सय १३ तथा फरगंगा हकले अविजित १ सय १० रन जोडिन् ।

६५ बलको सामना गरेकि सुल्तानले ३ छक्का र १४ चौका प्रहार गरिन् । विस्फोटक व्याटिङ गरेकी फरगंगाले मात्रै ५३ बलमा २० चौका प्रहार गरेकी थिइन । मालदिभ्सयको बलिङ्गमा समा अलिले १ विकेट लिइन् । बंगलादेशका समिमा सुल्तान रनआउट भइन् ।

जितका लागि २५६ रनको लक्ष्य पछ्याएको मालदिभ्सको पारी मात्रै ६ रनमा समेटियो । मालदिभ्सका समा अलिले २ तथा स्माइस र अतिमाथले १–१ रन मात्रै बनाइन् । माल्दििभ्सले दुई रन अतिरिक्त पाएको थियो । बंगलादेशको बलिङ्गमा रितु मोनी र सलमान खातुनले समान ३–३ विकेट लिएका थिए । रबेया खान र पुजा चक्रावर्तीले पनि एक–एक विकेट लिइन् ।

योसंगै राउण्ड रोबिनका पुरै तीन खेलमा जित हासिल गरेको बंगलादेश शिर्ष स्थानमा रहँदै फाइनल पुगेको हो । बंंगलादेशले पहिलो खेलमा श्रीलंकालाई ७ विकेटले तथा दोश्रो खेलमा नेपाललाई १० विकेटले पराजित गरेको थियो ।

नेपाललाई खेल जित्नैपर्ने दवाव

फाइनल पुग्नका लागि अब नेपालले श्रीलंकाविरुद्ध शुक्रबार हुने खेल जित्नै पर्ने भएको छ ।
राउण्ड रोविनमा नेपाल र श्रीलंका दुवैले १ खेलमा जित तथा १ खेलमा पराजय व्यहोर्दै समान २–२ अंक जोडेका छन् । नेपाल र श्रीलंका दुवैले मालदिभ्सलाई पराजित गरेर आ–आफ्नो खातामा समान दुई अंक जोडेका हुन् । तर नेट रनरेटको आधारमा नेपाल लिगको दोश्रो स्थानमा रहेको छ ।

कमेन्ट गर्नुहोस्