साग पुरुष फुटबलः बंगलादेशको पहिलो जित

काठमाडौंः बंगलादेशले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा पहिलो जित हासिल गरेको छ ।

दशरथ रंगशालामा आज भएको खेलमा श्रीलंकालाई १–० गोल अन्तरले हराउँदै बंगलादेशले पहिलो जित हासिल गरेको हो ।

बंगलादेशका लागि महबबुर रहमानले दसौं मिनेटमा गोल गरे । जितसँगै बंगलादेशको तीन खेलबाट चार अंक भएको छ र उसको फाइनल पुग्ने सम्भावना कायम रहेको छ ।

याे पनि पढ्नुस  मुख्यमन्त्री पौडेलले भने, ‘खेलाडीहरुको व्यावसायिक जीवनको संरक्षण गर्छौ’

बंगलादेश यो जितले अंक तालिकाको तेस्रो स्थानमा उक्लिन पनि सफल रह्यो । श्रीलंका भने दुई अंकमै सीमित रह्यो । आयोजक नेपालको ४ अंक छ ।

कमेन्ट गर्नुहोस्