कलंकी–कोटेश्वर–जगातीसम्मको सडकमा भोलि र पर्सी ५ घण्टा सवारी साधन रोकिने

काठमाडौंः ट्राफिक प्रहरी शुक्रबार र शनिबार कलंकी–कोटेश्वर–जगातीसम्मको मुख्य लेनमा ५ घन्टा सवारीसाधन बन्द गर्ने भएको छ ।

१३औं दक्षिण एसियाली खेलकुदमा दुई दिन उक्त सडक खण्डमा साइक्लिङ हुँने भएकोले ट्राफिक प्रहरीले सो सडकखण्ड ५ घण्टा बन्द गर्ने भएको हो ।

ट्राफिक प्रहरीका अनुसार सडकको मुख्य लेनको दायाँबायाँको सर्भिस लेनमा भने सवारी चलाउन सकिने जनाइएको छ । ट्राफिक प्रहरीका अनुसार बिहान ११ देखि ४ बजेसम्म उक्त सडकखण्डको मुख्य लेनमा सवारी चलाउन बन्द गरिनेछ ।

कोटेश्वर, जगाती, जडीबुटी चोक, पेप्सीकोला हुँदै पुरानो ठिमी, ब्यासी, कमलविनायक, च्याम्हासिंह हुँदै जानुपर्ने ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्