पाल्पामा जिप दुर्घटना, २ जनाको घनास्थलमै मृत्यु

तानसेनः पाल्पामा जिप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु १ ज ४२०९ नम्बरको जिप तिनाउँ गाउँपालिका वडा नंं ५ चौविसमाइलमा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै ज्यान गएको हो ।

ज्यान गुमाउने जीपका चालक रैनादेवी छहरा गाउँपालिका–५ मुझुङ्गका २५ वर्षीय दीलिप वम्रेल र सहचालक सोही गाउँपालिकाकै वडा नम्बर ४ का २४ वर्षीय कृष्ण कार्की रहेको पाल्पाका प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले बताए ।

जिप सिद्धार्थ राजमार्गदेखि ३ मिटर तल तिनाउ खोलामा खसेको छ । बटुवाहरुले जिप अड्केको देखेपछि प्रहरीलाई खबर गरेका थिए । (फाइल फोटो)

कमेन्ट गर्नुहोस्