राजेन्द्र महतो बने काठमाडौंकाे सम्धी, बाबुरामले भने, ‘पहाड र मधेस संस्कृतिको रोचक फ्यूजन’

काठमाडौंः राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का संयोजक राजेन्द्र महतो काठमाडौंका सम्धी बनेका छन् ।

उनका छोरा राघवेन्द्र महतोले काठमाडौंकी पलिशा तुलाधर विवाह गरेपछि संयोजक महतो काठमाडौंका सम्धी बनेका हुन् ।

महतोका छोराको विवाह आज भएको हो । विवाहमा पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पनि सहभागी भएका छन् ।

याे पनि पढ्नुस  बजेटले राष्ट्रिय समस्यालाई हल गर्न सक्दैनः पूर्व प्रधानमन्त्री भट्टराई

उनले सामाजिक सञ्जालमार्फत् राजेन्द्रका छोरालाई बधाई दिँदै भनेका छन्, ‘राजपा नेता राजेन्द्र महतोका सुपुत्र राघवेन्द्र महतोको काठमाण्डौकी सुश्री पलिशा तुलाधरका साथ सुसम्पन्न शुभविवाहमा पहाड र मधेसको संस्कृतिको रोचक फ्यूजन ।’

Posted by Dr. Baburam Bhattarai on Thursday, December 5, 2019

कमेन्ट गर्नुहोस्