काठमाडौंः जिल्ला स्वास्थ्य कार्यालय पाल्पामा नक्कली बिल भरपाई पेश गरी सरकारी रकम भ्रष्टाचार गरेको आरोपमा पब्लिक हेल्थ नर्सिङ छैठौं कल्पना पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
स्वास्थ्य कार्यालय पाल्पाबाट परिवार नियोजन शिविर सञ्चालन गर्ने क्रममा परिवार नियोजनको बन्ध्याकरण शिविरमा आवश्यक सरसामान ढुवानी गर्ने, ग्राहक लिन र पुर्याउन जाने प्रयोजनका लागि गाडी भाडामा प्रयोग गरी ८१ हजारको फर्जी भरपाई गरेको भन्दै उनीविरुद्ध मुद्दा दायर भएको हो ।
उनीमाथि सरकारी रकम हिनामिना गरी नेपाल सरकारलाई हानिनोक्सानी र आफूलाई फाइदा हुने कार्य गरेको आरोप छ । उनलाई भ्रष्टाचार निवारण ऐन बमोजिम मागसहित विशेष अदालत, आरोपपत्र दायर गरिएको हो । अन्नपूर्ण पोस्ट् दैनिकको अनलाइन संस्करणबाट