मोटरसाईकल दुर्घटनाः श्रीमतीको मृत्यु, श्रीमान घाइते

काठमाडौंः मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८, अरनिको राजमार्ग्स्थित त्रिपन्नकिलोमा बिहीबार बेलुका मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार दोलालघाटबाट धुलिखेलतर्फ जाँदै गरेको प्रदेश नम्बर ३–०२–००५प ९७८५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका नवलपरासी जिल्ला दाउन्ने गाउँपालिका–७ का ४५ वर्षीया नीरमाया तामाङको उपचारका क्रममा धुलिखेल अस्पतालमा मुत्यु भएको हो।

याे पनि पढ्नुस  तीज भड्किलो नबनाउन प्रशासनको अपिल

दुघर्टनामा परी मोटरसाइकल चालक सोही ठाउँका ५० वर्षीय खुसीमान तामाङको टाउको, नाक र दाहिने हातमा चोट लागेकाले उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुवै श्रीमानरश्रीमती रहेको र दोलखा माइती गई फर्कने क्रममा सो दुर्घटना भएको प्रहरी नायब उपरीक्षक गिरीले बताए। रासस

याे पनि पढ्नुस  राष्ट्रपति भण्डारीद्वारा पलाञ्चोक भगवतीको पूजाअर्चना

कमेन्ट गर्नुहोस्