ग्लोबल र जनता बैंकबाट सुरु भयो ‘बिग मर्जर’, आजदेखि एकीकृत कारोबार

काठमाडौंः ग्लोबल आइएमई बैंक र जनता बैंक एक आपसमा गाभिएका छन्। आजदेखि नै ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार गर्ने भएका हुन्।

चुक्ता पुँजी, निक्षेप सङ्कलन, ऋण लगानीलगायतमा ग्लोबल आइएमई बैंक मुलुककै ठूलो बैंक बनेको छ।

मर्जसँगै ग्लोबल बैंकको प्राथमिक पुँजी २४ अर्ब, निक्षेप सङ्कलन २ खर्ब १३ अर्ब, कर्जा लगानी १ खर्ब ९४ अर्ब, शाखा तथा शाखारहित बैंकिड सेवाको सङ्ख्या ८ सय ४० पुगेको छ।

यसैगरी, ३ हजार २ सय कर्मचारी, २ सय ५९ एटिएम पुगेका छन्। उक्त बैंकमा अहिलेसम्म १८ वटा वित्तीय संस्था गाभिएका छन्।

गाभिएपछि बैंकको अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंकको सिइओमा पशुराम कुवँर क्षेत्री हुने सहमति भएको छ।

कमेन्ट गर्नुहोस्